Wednesday, June 10News That Matters

९० केजी गाँजासहित लहानबाट एम्बुलेन्स नियन्त्रीत

पूर्णपुष्टि, साउन ३१ गते ।
९० केजी गाँजासहित लाहानबाट प्रहरीले एक एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाँजा सहित ईलाका प्रहरी कार्यलय लाहानमा राखेको डिएसपी मैनालीले बताएका छन् । पुर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडिबाट पक्राउ गरेको मैनालीले बताए । चालकको नाम गोप्य राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।