
पूर्णपुष्टि, असोज ११ । मोरङको केराबारी गाउँपालिका-८ स्थित खदम खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका १५ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले यी ट्र्याक्टरहरूलाई ढुंगा उत्खनन् गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएका ट्र्याक्टरहरूमा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२, को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को.१ त ४५८३, को.१ त ८७२२, प्र.१-०२-००३ त २७१२, प्र.१-०२-००३ त १८८१, प्र.१-०२-००३ त २८३९ र प्र.१-०२-००३ त ०७८७ रहेको छ । प्रहरीले नियन्त्रणमा लिएका सबै ट्र्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाएको छ ।
