अवैध औषधी तथा क्लिप बरामद

पूर्णपुष्टि, पुष २३
संखुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले बसपार्क स्थित सडक किनारबाट उक्त अवैध औषधी तथा क्लिप बरामद गरेको हो ।
पुष २१ गते बसपार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधी–पीबिओजी ४ कार्टुन (११६ प्याकेट),केयचटुपिओ १५ प्याकेट, सिलिलोङग २० बोतल र वाटरपम्प लेखिएको मेसिन १ थान फेला परेको हो । फेला परेको अवैध औषधी तथा क्लिप अन्दाजी मुल्य ३ लाख ६३ हजार २ सय ५० रुपैंया बराबरको रहेको छ ।
बरामद गरिएका अवैध समानहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: