
पूर्णपुष्टि, पुष २३
सुनसरीको इटहरी उप–महानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । संखुवासभाको खाँदवारी नगरपालिका–७ का २६ वर्षीय सन्तोष राई र सोही स्थानका २० वर्षीय अभि राईको बसले ठक्कर दिदाँ ज्यान गएको हो ।
हिजो राती साढे ७ बजे राती धरानबाट इटहरी तर्फ आउदै गरेको प्रदेश १–०२–००१ ख ८१९६ नम्बरको बसले बिपरीत दिशा तर्फ जादैँ गरेको को. २७ प २१९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा दुबै जना घाईते भएको थिए । घाईते भएका मोटरसाईकल चालक संतोष राई र पछाडी सवार अभि राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा उपचारको क्रममा दुबैको जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इटहरी–४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको छ ।

