
पूर्णपुष्टि, पुष २३
लालपत्ता,उदयपुर र नेकपा (क्रान्तिकारि माओबादी) १ नम्बर प्रदेश समितिद्धारा अयोजित प्रदेश स्तरीय स्कुलिङ तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गरिएको छ । उक्त स्कुलिङ कार्यक्रममा माक्र्सवादिका तीन संघटक अंगहरु दर्शन ,राजनैतिक अर्थशास्त्र र बैज्ञानिक समाजबादका समग्र बिषयहरुमा प्रशिक्षण दिइएको थियो ।

मंगलबार बाट देखि तिन दिन सम्म संचालन भएको उक्त कार्यक्रमको समापन प्रदेश सेक्रेटरी उदयको अध्यक्षतामा पार्टी स्थायी समिती सदस्य तथा स्कुल बिभाग प्रमुख परि थापाले गर्नुभयो। कार्यक्रम समापन सँगै थापाले यस स्कुलिङबाट सिकेका ज्ञानबाट वर्गसंघर्ष र संगठन निर्माणमा जोडेर लैजानु पर्ने बताउदै आगामी दिनमा तल सम्म यस्ता स्कुलिङ कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनुभयो । थापाले बैज्ञानिक समाजबाद दर्शन अन्तर्गत द्वन्दबादका प्रबर्गहरु र ऐतिहासिक भौतिक अन्तरगत समाज चेतनाका रुपहरु सँगै बैज्ञानिक समाजबाद अन्तरगत पार्टी तथा अनुशासन पद्धतिबारे समेत स्कुलिङ गर्नु भएको थियो ।

हस्त बहादुर केसिले मार्क्स बादी दर्शन अन्तर्गत मार्क्सवादीको इतिहास ,मर्क्सबादी द्वन्दबाद, द्वन्दबादका नियमहरु, अन्तरबिरोधका बिषय र मार्क्सवादी ज्ञान,सिद्धांत, ऐतिहांसिक भौतिकबाद, साम्राज्यवाद, सर्बहरा क्रान्तिको युगमा दर्शन तथा मार्क्सबादका ऐतिहासिक कार्यभार बारे स्कुलिङ गर्नु भएको थियो । कार्यक्रममा पिबिम सिताराम तामाङ, हस्त बहादुर केसि , कमल चौधरी र किशान महासंघका लगायतको उपस्थिति रहेको थियो ।

