Wednesday, August 5News That Matters

अवैध गाँजा सहित दुई जना पक्राउ

पूर्णपुष्टि, कार्तिक २२
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्कारपियो चालक इटहरी उपमहानगरपालिका–४ सुनसरीका ३१ बर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाई रहेका छन् ।

हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद गरेको हो । अवैध गाँजा बरामद भए सँगै चालक दर्नाल र सहचालक बजगाई समेतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।