Tuesday, May 12News That Matters

अवैध समान बोकेको गाडीसहित चालक नियन्त्रणमा

पूर्णपुष्टि, चैत ८ ।
इलामको रोङ गाउँपालिका–४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले चालक इलाम सुर्योदय नगरपालिका–२ का निमा तामाङलाई प्रहरीले नियन्त्रमा लिएको हो ।
झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९२१९ नम्बरको बोलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बराबरको अबैध २ हजार किलोग्राम (४० बोरा) हार्ड छुर्पी प्रहरीले बरामद गरेको छ ।
अवैध छुर्पी बरामद भए सगै उक्त छुर्पी, गाडी र चालक तामाङसहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।