
पूर्णपुष्टि,फागुन १८ । त्रियुगा नगरपालिका १३ असारीका सन्तोष कुमार राईको मलेसियामा दुर्घटनामा परि ज्यान गएको छ । र्घटनामा गम्भिर घाइते भएका राईको उपचारको क्रममा आठदिन अघि मृत्यु भएको परिवारले जनाएको छ ।
मोटरसाईकलमा सवार रहेको अवस्थामा पछाडिबाट आएको गाडीले ठक्कर दिएको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनापछि गम्भिर घाइते भएका उनको उपचारको क्रममा तीनदिनपछि मृत्युभएको जनाइएको छ ।
उनको शब नेपाल ल्याउन पहल भईरहेको बुुवा सिंहबहादुर राईले बताए । काम गर्ने कम्पनीमा कागजपत्र र आवश्यक प्रक्रिया मिलाउने काम भइरहेको उनले बताए । प्रक्रियामा सरकारको पहल कमजोर रहेको गुनासो उनको छ । छोरोको शब छिट्टै ल्याउने र क्षतिपूर्तीको लागी सरकारले ब्यवस्था गरिदिन माग उनको छ ।
