असारीमा किरात चोक प्रतिक्षालयको उद्घाटन

पूर्णपुष्टि, कार्तिक १८
असारीमा रहेको किरात चोक प्रतिक्षालयको बिहिबार उद्घाटन भएको छ । त्रियुगा नगरपालिका १३ को मुटुमै रहेको मदन भण्डारी हाईवे राजमार्ग स्थित किरात चोकको उद्घाटन भएको हो । चोकको उद्घाटन सोही वडाका वडा अध्यक्ष पशुपती चौधरीले गर्नुभयो । औपचारिक कार्यक्रम सहित अध्यक्ष चौधरीले रिबन काटेर चोकको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी अध्यक्ष चौधरीले आफ्नो कार्यकालको अबधिमा वडा भित्रका बिभिन्न टोलहरुमा विकासको कामलाई निरन्तर दिईरहेको बताउनुभयो ।

स्थानीय चुनाव नजिकिए सँगै आफ्नो कार्यकलको अवधि सकिन लाग्दा सम्म जनताहरुकै विकासमा आफ्नो ५ बर्ष पुरा भएको बताउनुभयो । उहाँले जनप्रतिनिधि भनेको जनताकै विकासको लागि आएको हुँदा १३ नं वडामा जनताहरुको आवश्यकता र माग अनुसार नै विकासको कामलाई प्राथामिकता दिएर कार्यकाल पुरा गर्दै गरेको बताउनुभयो ।

उहाँले जनप्रतिनिधि आए पश्चात वडामा निकै कामहरु भएको बताउनुभयो । उहाँले जनताहरुले विकासको राम्रो मशसुस समेत गरेको बताउनुभयो । वडामा विकासको कामहरु सडक, सिचाई, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा वालवालिका, आदिवासी जनजाति जेष्ठ नागरिक, युवा लगायत सबैलाई समेटेर स्थानीय बजेटको प्रयोग गरेको समेत बताउनुभयो ।

उहाँले आफ्नो बुद्धि बिबेक र बजेटले भ्याईजेल जनताहरुकै विकासमा लागेको र लगानी लगाको समते उद्घाटन कार्यक्रममा बताउनुभयो । यस्तै असारीका युवा, बुद्धिजिवि तथा समाज सेवीहरुले किरात चोक एउटा सभ्यताको रुपमा निर्माण गरिएको हुँदा यो निकै गर्व गर्नलायक चोक तथा प्रतिक्षालयको कल्पना गर्न सकिने बताए । नेपाल पहिचान र सभ्यतालेनै जोगाएको भन्दै यस किरात चोकले बिभिन्न जातजातिको सभ्यता र पहिचानलाई समर्थन गर्न सफल भएको त्याहाँका सम्पूर्ण स्थानीयहरुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: