साउनेकाे नेपानेमा विजुली बल्याे

पूर्णपुष्टि, कार्तिक १८ ।
दश वर्षदेखिकाे पहल बल्ल साकार भएपछि उदयपुरकाे त्रियुगा नगरपालिका १४ साउनेकाे नेपाने गाउँमा बिजुली बलेकाे छ ।
तिहारकाे अबसरमा आज लक्ष्मिपुजाका दिन गाउँमा विजुली बलेकाे छ । लक्ष्मिपुजा गाउँमा झिलिमिली भएकाे छ ।
गाउँमा विशेष समाराेहकाबीच नेकपा माओवादीका जिल्ला नेता किरण राईले बत्ती बालेर उद्घाटन गरे । उनले अहिलेकाे सरकारले निम्न वर्गका जनतालाई निशुल्क विजुली हाेस् भन्ने हेतुले २० युनिटसम्म निशुल्क बनाएकाे बताए । गाउँमा अधिकांशले २० युनिट भन्दा बढि बत्ति नबाल्ने भएकाेले गाउँका लागि निशुल्क हुने बताए । उनले ओलि सरकारले यस्ता जनप्रिय काम गर्न नसकेकाे बताए । माओवादिसहितकाे गठबन्धन सरकारले जनतालाई निशुल्क विधुतकाे उद्देश्यले २० युनिट मुनि निशुल्क निति लिएकाे उनले बताए । यस्ता लाेकप्रिय याेजना र जनताकाे सेवा, सहयाेगका लागि माओवादी सहि पार्टि रहेकाे उनले बताए ।
स्थानीय सरकारकाे ठाेस पहल र गाउँलेहरुकाे निरन्तर प्रयासबाट गाउँमा विजुली बलेकाे वडाध्यक्ष कुरुङ राईले बताए ।
सरकार र स्थानीय सामुदायिक वनहरुसमेेतकाे लगानीमा विजुली बलेकाे हाे । गाउँमा सबै फलामे पाेल, तार टाँगिएपछि विधुत सञ्चालन भएकाे हाे । गाउँमा विजुली ट्रान्समिटर र घरघरमा मिटर जडानसहित ब्यवस्थितरुपले विधुत विस्तार भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0