
पूर्णपुष्टि, कार्तिक १९
मोरङको उर्लाबारी नगरापालिका ४ आईतबारे चोक स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय नगेन्द्र प्रसाद ढुङ्गाना रहेका छन् । आज दिउसो साढे १ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख ७८२८ नम्बरको यात्रु बाहक बसले विपरीत दिशाबाटआउदै गरेको प्रदेश१(०२(०४१प ४४०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक रहेका ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र बस चालक उर्लाबारी नगरपालिका २ का ३७ बर्षीय रुद्र थापा ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
