Tuesday, June 2News That Matters

आँपको बगैँचामा एक युवती शव फेला, बलात्कारपछि हत्याको आशंका

पूर्णपुष्टि, माघ ६
एक २५ वर्षीया युवतीको शव आँपको बगैँचामा फेला परेको छ । धनुषाको धनषाधाम नगरपालिका–६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा सो युवतीको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
युवतीको शव टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार युवतीको पहिचान खुलिसकेको छैन । ती युवतीको शवको प्रकृति हेर्दा बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका धनुषा प्रहरीले गरेको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता रायले बताउनुभयो ।