Sunday, April 19News That Matters

आगलागीमा १२ लाख क्षती

पूर्णपुष्टि/उदयपुर, माघ १ ।
उदयपुरको त्रियुगा नगरपालिका १६ सिरुवानीमा आज एक घरमा आगलागी हुँदा१२ लाख बराबरको क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय रामबहादुर विकको घरमा आगलागी हुँदा उक्त क्षती भएको हो ।
घरको चुल्होबाट एक्कासी सल्केको आगोले ढुंगा, माटो र काठले निर्मित टिनको छानो भएको घर जलेको छ । घरभित्रको लत्ताकपडा, भाँडाकुडा, अन्नपातसंगै नगद एकला र आधातोला सुन जलेर नष्ट भएको पिडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार करिब अन्दाजी लाखको क्षती भएको हो ।
घरसंगै बाख्राको खोर र खोरमा रहेका ३५ वटा बाख्रासमेत जलेर क्षती भएको जनाइएको छ । स्थानीय र प्रहरीलाई आगो नियन्त्रण गर्न लामो समय लागेको थियो । आगलागीबाट मानवीय क्षती भने हुन पाएन । आगलागी थाहा पाएर बेलैमा भाग्न पाएकाले कोही घाइते र मानवीय क्षती नभएको हो । घर आगलागीमा परेपछि वि.क. परिवार विचल्नीमा परेको छ ।