Wednesday, June 10News That Matters

लागूऔषध सहित एक जना पक्राउ

पूर्णपुष्टि, चैत २३

झापामा लागुऔषधसहित एक जना युवक पक्राउ परेको छ । दमक–५ का १८ बर्षीय अनुप धिताललाई लागूऔषध सहित आईतबार पक्राउ गरिएको हो ।

हिजो राती ८ बजे मेचीनगर–६ बसपार्कबाट धिताललाई फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाईजेपाम ३३ एम्पुल सहित पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका धिताल माथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।