
पूर्णपुष्टि, बैशाख १४
उदयपुरका प्रमुख निर्वाचन अधिकृत दिपक खनालले निर्वाचन आचारसंहिता पालना गर्न आनुरोध गरेका छन् । पूर्णपुष्टि खबरसँगै कुरागर्दै उनले जिल्लाका राजनितिक दल, उम्मेदवार, मतदाता लगाएत सबैमा निर्वाचन आचारसंहिता पालना गर्न अपिल गरेका थिए ।
उनले भने” सबैले आचारसंहिता पालना गरी निर्वाचनलाई सफल पारौं । उदयपुरमा शान्तीपूर्वक मनोनयन भएको र केही पालिकमा उम्मेदवार विरुद्ध उजुरी परेपनि उम्मेदवारी खारेज हुने खालका उजुरी नपरेको समेत बताए ।
