Tuesday, April 21News That Matters

आजको राशिफल

(वि.सं. २०७७ साउन २२ गते बिहीवार) 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन मेष राशि हुनेहरुको लागी व्यापार बढ्नेछ । साझेदारीबाट लाभ मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन वृष राशी हुनेहरुको लागी पुरुषार्थी काम प्रारम्भ हुनेछ । धैर्यधारणले विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन प्रतिष्ठा आर्जन गर्ने र भाग्यले विभिन्न अवसर जुराउने समय छ । सामाजिक तथा पदीय जिम्मेवारी प्राप्त हुनेछ । नसोचेको अवसर आउने छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । खर्च बढ्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि तत्कालका समस्या टार्न सकिनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने योग रहेको छ । व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ । चिताएको काम बनाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ । आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ । व्यवसायमा मनग्य फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन पहिलेका कमजोरी सच्याउन केही समय जुट्नुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला । साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन हिम्मतले काम बनाउन सकिनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आजको दिन बोलेको पुरा गर्न नसक्दा आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्न सक्छ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ । तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्य प्राप्ति हुनेछ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको दिन पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आजको दिन आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ ।