Tuesday, April 21News That Matters

आजको राशिफल

साउन २३ 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन मेष राशी हुनेहरुको लागी दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि मेहनत गर्नु पर्ला । आकस्मिक खर्च बढ्नाले अर्थीक अभाव होला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ । खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन वृष राशी हुनेहरुको लागी मिहिनेतको परिणाम प्राप्त योग रहेकोेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन मिथुन राशी हुनेहरुको लागी राम्रो कर्मफल प्राप्त हुने छ । मन प्रसन्न होला । विभिन्न अवसर पाईएला । दिगो काममा जग बसाउने अवसर प्राप्त होला । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन कर्कट राशी हुनेहरुको लागी बाध्यात्मक परिस्थितिले अलमल्याउला ।  शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ । समाजमा आफ्नो वर्चस्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन सिंह राशी हुनेहरुको लागी परिस्थिति अनुकूल नभए पनि मिहिनेतको नतिजा राम्रै हुनेछ । कामको चाप बढ्ने समय छ । स्वास्थ्य कमजोर रहनाले लामो समय काममा जुट्न नसकिएला । गोपनीयतामा ध्यान पुर्याउनुहोला । पेसातर्फ आंशिक लाभका साथै सकारात्मक संकेत प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन कन्या राशी हुनेहरुको लागी अवसरले आत्मबल बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । छोटो समयमा फाइदा लिन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउला । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले उत्साह जगाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन तुला राशी हुनेहरुको लागी प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन वृश्चिक राशी हुनेहरुको लागी अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ला । हल्लाको पछि लाग्दा अलमल हुनेछ । तापनि लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन धनु राशी हुनेहरुको लागी परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आजको लागी मकर राशी हुनेहरुको लागी नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको लागी कुम्भ राशी हुनेहरुको लागी निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आजको दिन मीन राशी हुनेहरुको लागी पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । अवसर बाहेक हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा पुग्नेछ । तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ ।