
पूर्णपुष्टि, साउन ११ । आज बस्न लागेको सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ । राष्ट्रिय सभा बैठक बिहान ११ : १ बजेको लागी बोलाईएको छ ।
राष्ट्रियसभाका सचिव डा सुरेन्द्र आर्यालले राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यो विद्यायक असार ३१ गते प्रतिनिधिसभाबाट पारित भईसकेको छ । तर, राष्ट्रियसभामा प्रवेश पाएको थिएन् । आज बस्न लागेको बैठकले सो विद्यायक अघि बढाउन लागिएको हो । अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटरब्याजसम्बन्धी विधेयक ल्याइएको हो।