Tuesday, May 26News That Matters

आजदेखी एसईई हुँदै

पूर्णपुष्टि, चैत्र १५ । आजदेखी  देशैभर माध्यमिक शिक्षा परीक्षा (एसईई) संञ्चालन हुदैँछ । आज बिहान ८ बजेदेखी सुरु हुने परिक्षा २७ गते सम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डको तथ्यांक अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन्। आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।

यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदै छन्। जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी भएका छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुनेछ ।