Sunday, May 3News That Matters

एमाले उदयपुरको अध्यक्षमा पाँच, उपाध्यक्ष र सचिवमा तीन/तीन जनाको उम्मेदवारी, फिर्ता गराउने जोडदार प्रयास

पूर्णपुष्टि, चैत्र १४ ।नेकपा एमाले उदयपुरको नेतृत्वमा पाँच जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले प्रकाशन गरेको प्रारम्भिक उम्मेदवार नामावलीमा उल्लेख अनुसार भागवत राउन, विमल कार्की, परमेश्वर घिमिरे, गोपाल खत्री र खड्गबहादुर परियार रहेका छन् ।
उपाध्यक्षमा भरतबहादुर थापा, दिलबहादुर तामाङ र कालुमान लामाको उम्मेदवारी परेको छ । सचिवमा सम्भु पौडेल, टेकबहादुर राउत र महेश रोकाको उम्मेदवारी छ । त्यसैगरी खुल्ला उपसचिवमा हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, दुर्गानन्द चौधरी, नारद निरौला, धर्मबहादुर तामाङको उम्मेदवारी परेको छ भने महिला उपसचिवमा महेश्वरी राई, गीता खड्का र गंगा राईको उम्मेदवारी परेको छ ।

अध्यक्षका उम्म्दवारहरु

प्रारम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष १ का लागि पाँचजना, उपाध्यक्ष १ का लागि तीनजना , सचिव १ का लागि तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला उपसचिव १ जनाका लागि छजनाको उम्मेदवारी छ भने महिला उपसचिव १ जनाका लागि तीनजनाको उम्मेदवारी परेको छ ।

 

उपाध्यक्षका उम्म्दवारहरु

सदस्य भौगोलिकतर्फ ८० जना, समावेसी १०, दलित ४ खुल्ला सदस्य १० जनाका लागि निर्वाचन हुनेछ ।
उम्मेदवारी दिएकाहरुबीचमा फिर्ता लिन र सर्बसहमत गर्ने प्रयास देखिएको छ । केही समयपछि अन्तिम उम्मेदवारी नामावली प्रकाशन गर्ने जनाइएको छ ।

सचिवका उम्मेदवारहरु

हिजोबाट पार्टी केन्द्रिय बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलबाट उद्घाटन भएको जिल्ला अधिवेशनको आज बन्दसत्र चलिरहेको छ । पदाधिकारी चयन सर्बसहमत हुन नसकेमा आजै राती चुनाव हुने जनाइएको छ ।