
पूर्णपुष्टि, साउन २५ । आज कोशी प्रदेश सरकारले प्रदेश भरी नै सार्वजनिक बिदा दिएको छ । कोशी प्रदेश सरकारले आदिवासी जनजाति दिवसको अवसरमा आज (शुत्रबार) सार्वजनिक बिदा दिएको हो ।
बिहिबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीका अनुसार दिवसको अवसरमा आज एक दिन सर्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
