Tuesday, April 21News That Matters

दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा

पूर्णपुष्टि, साउन २५ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। यी कम्पनीहरुमा भारतको देहरादूनस्थित भारत कन्स्ट्रक्सन प्रमुख रहेको छ।

सडक विभाग अन्तर्गतको गाईघाट दिक्तेल सडक योजना उदयपुरको सिफारिसमा भारत कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो। राजीव गर्ग यस कम्पनीका मुख्य व्यक्ति हुन्। कालोसूचीमा परेका अन्य कम्पनीहरुमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि, देवनारायण पवनरमैनाचुलीरखम्पाचे जेभी, एडभेन्चर कन्स्ट्रक्सन प्रालि, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि, बराह निर्माण सेवा र सुवास निर्माण सेवा लगायत रहेका छन्।

काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन्। कालोसूचीमा परेका कम्पनीहरुले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।