Friday, May 1News That Matters

आज कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

पूर्णपुष्टि, साउन २९ । मनसुनी वायुको प्रभावले देशभर साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि यी प्रदेशहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

विभागले कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न सावधानी अपनाउन अनुरोध गरिएको छ।