आज कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

पूर्णपुष्टि, साउन १० । आज देशभर आंशिक देखि सामान्य बदली रही कोशी सहित पाचँ प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकोले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदुर पश्चिममा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोले दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी पहाडी भु–भाग तथा थोरै स्थानहरुमा हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ सहित र कोशी सहित बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राती देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बांकी भु–भागका एक–दुई स्थानहुरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको शाखाले जनाएको छ । भारी वर्षातबाट मानविय तथा भु–क्षयका जस्ता जोखिम हुन सक्ने भएकोले आवश्यक सतकर्ता अपनाउन महाशाखाको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0