आज गाईघाटको त्रियुगा नदीमा भव्य छैठ मनाइँदै

पूर्णपुष्टि, कार्तिक २४
आज देशको बिभिन्न तराई क्षेत्रहरुमो बिषेश छैठ मनाइँदै छ । नेपालमा दशैँ, तिहार पछिको ठृलो पर्वको रुपमा मानिने छैठ महत्वका साथ बिषेशगरी मधेशी समुदायहरुमा मनाइने गरिन्छ । अन्तत ः छैठ पछि नेपालका ठुलो चाँडहरु एक बर्षका लागि ठप्पै हुन्छ । बिषेशगरी मधेसी समुदायहरुमा मनाईने यो बर्ष आज भोली सबै जातजाति र भुगोलको मानिसहरुले मनाउने गर्छ । पहिले मधेसी समुदायले मात्र मनाउने चाँडको रुपमा मानिसहरुले बुझ्दा अन्य समुदायहरुले यसलाई खासै चोसो नगरेको त्रियुगा छैठ समिति उदयपुरका सचिव रामकुर शर्माले बताए ।

शर्माले सुर्य भगवान मधेशी समुदायको मात्र नभई यो सबैका लागि साक्षत भगवान रहेको भन्दै सबै समुदायहरुमा यो पर्व उत्तिकै महत्व रहने बताए । छैठमा बिषेश गरी बिभिन्न फलफुलले सुर्य भगवानको पुजा गरिने र यसले बिभिन्न रोगहरुलाई समेत निको बनाउने बिश्वास गरिन्छ । यो चाँड लक्ष्मी पुजाको छैँठो दिनमा पष्ठीको दिन मनाईने सचिव शर्माले बताए ।

यो पर्वमा बिषेश गरी सुर्य देवताको पुजा गर्ने क्रममा छैठको दिन बेलुका अस्ताउँदो सुर्यलाई अर्घ दिने र बिहान उदाउँदो सुर्यलाई अर्घ दिँदै छैठको बिदा गरिने चलन छ । यो बर्ष कार्तिक २४ गते छैठ परेको छ । सचिव शर्माका अनुसार गाईघाट त्रियुगा नदीमा पनि बुधबार बेलुका अस्ताउँदो सुर्यलाई अर्घ दिएर रातभरी पुजा आजा गर्दै बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको बिदा गरिने जनाएको छ । यसरी छैठको सुर्य देवताको पुजा बाट बिषेशगरी कुष्ठ रोग निको हुने पुर्खाहरुको विश्वास रहरेको छ ।

अब अहिले कुष्ठ रोगको उपचार तथा औषधीहरु आएपनि पहिले पुर्खाहरुको पालामा कुष्ठ रोगको कुनै उपचार नहुने भएपछि छैठी मातालाई पुजा गरेर यो रोग निको पार्ने चलन रहेको मधेशी मुलका पुर्खाहरु बताउँछन् । यसै छैठ पुजालाई भव्य र सभ्य बनाउँदा त्रियुगा छैठ पुजा समिति गाईघाटमा पनि निर्माण गरिएको छ । यस समितिले छैठको व्यवस्थापन गर्नुका साथै पर्वलाई सफल पूर्व सम्पन्न गर्ने काम गर्छ । त्रियुगा छैठ पुजा समितिले यो बर्ष बिभिन्न सांस्कृति कार्यक्रम, पुजा आजा तथा सम्मान कार्यक्रमहरु समेत गर्ने सचिव शर्माले जनाए ।

छैठलाई निष्पक्ष र सुरक्षित हिसावले मनाईने र कुनै खालको घट्नाहरु कन्ट्रोल गर्न सुरक्षा कर्मी तथा स्वास्थ्यकर्मी र एम्वुलेन्सहरुको समेत व्यवस्था रहेको शर्माले बताए । त्रियुगा नदीमा भव्य तयारी भईरहेको समते समितिले जनाएको छ । समितिले पर्वलाई सभ्य र भव्य बनाउन तथा मनाउन सबैले सहयोग गर्न र नराम्रा अप्रिय घटनाहरु नगर्न र मादक पदार्थ, लागुपदार्थ जस्ता चिज सेवन गरी पर्वलाई नविथोल्न समेत आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: