
पूर्णपुष्टि, असार २४ । गायक तथा अभिनेता रविन तामाङको अन्त्येष्टि आज गरिदैँ छ । रविनको व्यवस्थापन समूहका आशिष पराजुलीले तामाङ परम्परा अनुसार स्वयम्भुमा अन्तिम संस्कार गरिने जानकारी दिए ।
गत मंगलबार बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत फेला परेका ६० बर्षीय तामाङको प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ । उनको अन्तिम संस्कार गर्नुअघि श्रद्धनजलिका लागी आज बिहान संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिने छ ।
रविनको दुई छोरीहरु छन् । उनिहरु फ्रन्समा छन् । नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको हो । रविनले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए । रविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका तामाङले नेपाली रक गायनलाई समाजसँग जोड्न महत्वपूर्ण योगदान गरेको मानिन्छ ।
