Wednesday, June 10News That Matters

आज प्रिमियर लिगमा सात खेल हुँदै

पूर्णपुष्टि, माघ २८ गते । आज प्रिमियर लिगमा सात खेल हुने भएको छ । आज हुने पहिलो खेलमा चेल्सी र वेस्ट हमले प्रतिस्पर्धा गर्नेछ । नेपाली समय अनुसार खेल साँझको ६:१५ मा सुरु हुनेछ भने दोस्रो खेलमा आर्सनल र ब्रेन्टफोर्ड बिच प्रतिष्पर्धा हुने भएको छ ।

दोस्रो खेल रातिको ८:४५ मा सुरु हुनेछ भने सोही समयमा लेस्टर सिटीले टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ । त्यस्तै अर्को खेलमा क्रिस्टल प्यालेस र ब्राइटन बिच हुनेछ भने साउथह्याप्टन र उल्भ्स बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै आजको अन्तिम खेल बर्नमाउट र न्युकासल बिच हुने भएको छ ।