Wednesday, June 17News That Matters

आज ‘फूलपाती’

पूर्णपुष्टि, असोज १६ गते ।
हिन्दुृहरुको महान पर्व विजय दशमी शुरु भएको आज सातौँ दिन अर्थात सप्तमी रहेको छ । घटस्थापनाको सात दिनपछिको विशेब दिनलाई नै ‘फूलपाती’ भनिन्छ ।
आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ । कृष्ण वर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरबार, मसाल बोकेकी घोर मुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुईँमा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने रक्तबीज नामक दैत्यको संहार गरेकी हुन् । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।
आजको यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरूप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।