
पूर्णपुष्टि, असोज १६ गते ।
झापामा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । जिल्लाको कमल गाउँपालिका–२ स्थित सिमलडाँगी निवासी ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको हत्या भएको हो ।
ती दुवैको हत्या २३ वर्षीय चन्द्रबहादुर माझीले गरेको प्रहरीले जनाएको छ । चन्द्रले आमा चन्द्रकला र काका सन्तबहादुरलाई शनिबार राती १० बजे सुतिरहेको ठाउँमै खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
घटना भएलगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । पारिवारिक कलहका कारण चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
