दसैंको बेला १८ लाखबढीले काठमाडौं छाडे

पूर्णपुष्टि, असोज १७ गते ।
१८ लाखले दसैँ मनाउन काठमाडौं उपत्यका छाडेका छन् । सय वर्षको दसैंमा कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार असोज १ गतेदेखि आइतबारसम्म करिब १८ लाख बढी यात्रुले उपत्यका छाडेका हुन् । यो निजी, भाडाका गाडी र सार्वजनिक सवारीमा बाहिरिने यात्रुको संख्या हो । आज साँझसम्म १९ लाखले उपत्यका छाड्ने अनुमान गरिएको महासंघले जनाएको छ ।
दसैंका लागि घर जाने यात्रुको भीड कोटेश्वर, नयाँ बसपार्क र कलंकीमा आज बिहानसम्म लागेको छ । कोभिडका कारण दुई वर्षसम्म चाडबाड मनाउन घर जान नपाएकाहरू यो वर्ष घटस्थापनाबाटै उपत्यका छाड्न थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0