
पूर्णपुष्टि/उदयपुर, कार्तिक ६ ।
आज तिहारको विशेष दिन भाइटिका । चेलीले माइतीलाई पुजेर आशिष दिए । टिका र माला लगाई दिएका छन् । माइतिले चेलीलाई विशेष सम्झने र भेटेर आशिष लिएका छन् । चेलीले माइतीको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित सेलरोटी, मिठाई र मिठो भोज खुवाएका छन् । माइतीहरुले आफुले सकेअनुसार उपहार र दक्षिणा दिएका छन् । चेलीमाइतीको पवित्र सम्बन्धलाई अझ प्रगाढ बनाउने र एक आपसको प्रगतिका लागि कामना गर्ने, भेटघाट गर्ने दिन हो आज ।


