Thursday, June 18News That Matters

आज महावीर जयन्ती पर्व

काठमाडौं । आज जैन समुदायहरुको विशेष पर्व महावीर जयन्ती परेको छ । प्रत्यक अप्रिल ४ लाई भगवान महावीर स्वामीको जन्मोत्सवको बिभिन्न कार्यक्रमहरुको आयाजना गरी मनाइन्छ ।

महावीर स्वामी जैन धर्मका २४ औं तथा अन्तिम तीर्थङ्कर हुन । महावीरकको जन्म ५९९ ईसापूर्व भएको मानिन्छ । उनका पिता राजा सिद्धार्थ तथा आमा रानी त्रिशला हुन भने उनको बाल्यकालको नाम वर्धमान थियो । अहिंसा अर्थात् हरेक प्रकारका हिंसा वाट परै रहने कुराहरू हुन् । हिंसा भन्ने बित्तिकै जनावर या मान्छे मार्ने मात्र नभईकन आफ्नो वचनमार्फत अरूहरूलाई चित्त दुखाउने अनि अरूको नराम्रो सोच्ने पनि पर्दछ है ।

जैन धर्मको मर्म ?

हिन्दू धर्म जस्तै जैन धर्मको पनि कुनै संस्थापक छैनन । जैन धर्म २४ तीर्थङ्करहरूको जीवन तथा शिक्षामा आधारित छ । तीर्थङ्कर ती आत्मा लाई मानिन्छ जो मानवीय पीडा र हिंसाले भरिएको यो सांसारिक जीवन पार गरी आध्यात्मिक मुक्तिको दायरामा पुगे । २४ औं तीर्थंकर महावीर जैन सबै जैनहरूका लागि विशेष महत्वका मानिन्छन् । यी २४ तपस्वीहरूमध्ये महावीर अन्तिम तीर्थङ्कर थिए । जैन धर्मका अरू तीर्थङ्करको ऐतिहासिकता अनिश्चित छ भने महावीर जैनको जन्म यही धर्तीमा भएको हो भनी निश्चित रूपमा भन्न सकिन्छ । अहिंसाका यी उपदेशक क्षेत्रि परिवारमा जन्मिएका हुन् । उनी गौतम बुद्धका समकालीन थिए । महावीर पनि गौतम बुद्ध जस्तै मगध क्षेत्रका बासिन्दा थिए ।

महावीरको जन्म

महावीरको जन्म ईश पूर्वभन्दा ५९९ वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्ड ग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका सपना देखेकी थिइन् । ती सपनाहरूमा हात्ती, साँढे, सिंह, लक्ष्मी, फूल, पूर्ण चन्द्रमा र सूर्यहरू थिए । जैन धर्ममा तिर्थांकरहरुको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरू सपनामा देखेका हुन्छन् भन्ने मान्यता रहेको छ ।