
पूर्णपुष्टि,असार ७ । रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ । बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान कार्यक्रमको आयोजना गरिएको हो ।
पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ । उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जनाएका छन्।
