
पूर्णपुष्टि, वैशाख २८ गते ।
स्थानीय तहको निर्वाचन आउन अब मात्रै दुई दिन बाँकी भएकोले आज र भोली नयाँ मतदाताहरुका लागि लागि निर्वाचन आयोगले मतदाता परिचय पत्र वितरण गर्न थालेको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण थालेको हो ।
सम्बन्धित केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने आयोले जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ ।
