Sunday, May 17News That Matters

आज सुनको भाउमा भारी गिरावट

पूर्णपुष्टि, जेष्ठ ३०

आज सुनको भाउम भारी गिरावट भएको छ । आज एकै दिन सुन मूल्यको भाउमा प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो ।
सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।