
पूर्णपुष्टि,फागुन १७
लगाताररुपमा घटिरहेको सुनको भाउ आज बढेको छ । आज तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा सुनको भाउ ८८ हजार तीन सय रुपैयाँ थियो भने आज आज तोलामा चाँर सय रुपैयाँले बढेर सुन ८८ हजार सात सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
आज चाँदीको भाउमा पनि वृद्धी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार तीन सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
