Friday, May 22News That Matters

आज सुनको भाउ घट्यो

पूर्णपुष्टि, साउन २७

आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा २ सय रुपैयाँ घटेको थियो । तर आज चाँदी तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।