Friday, August 7News That Matters

आज ९ उडानमार्फत १३४२ नेपाली काठमाण्डौ आईपुग्यो

पूर्णपुष्टि, असार १७

आज भिन्न देशबाट ९ उडान मार्फत १ हजार घ सय ४२ जना नेपाली काठमाण्डौँ आईपुगेका छन् । साउदी र कतारबाट १२ नेपालीको शव पनि ल्याइएको छ । कोरोनाको कारण त्यहाँ समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किएको हो ।

नेपाल एअरलाइन्सको जहाजमार्फत २ सय ९७ जना कतारबाट स्वदेश फर्किएका छन् भने त्यहाँ ज्यान गुमाएका एक नेपालीको शव पनि आज स्वदेश ल्याइएको छ

साउदीको रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ५७ जना नेपाली काठमाण्डौ आएका छन् भने ११ जना नेपालीको शव पनि ल्याएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

हिमालय एअरलाइन्सले आबुधाबीबाट १ सय ५२ जना, दुबईको जहाजमार्फत १ सय ५८ जना स्वदेश फर्किएका छन् । यस्तै दुबईबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १ सय ४६ जना फर्किएका छन् ।

मलेसियाको क्लालाम्पुरबाट मलेसियन एअरलान्सबाट १३ जना फर्किएका छन् । यो जहाजले नेपालबाट फर्कँदा २८ जना लिएर गएको छ ।

यस्तै आज कुवेतमा आममाफीमा सहभागी नेपालीहरु जजिरा एअरको २ उडानमार्फत ३ सय १९ जना आज स्वदेश फर्किएका विमानस्थलले जनाएको छ ।

आज नेपाली लिन नेपाल एअरलाइन्सका चार्टर्ड जहाज साउदीको जेद्दा र कुवेत जाँदैछन् । आज विमानस्थलमा नेपाली ल्याउन र लैजान गरी जम्म ११ वटा उडान भएको छ ।