
पूर्णपुष्टि, असार २५
नेकपा एमाले झापा बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानु प्रसाइको सवारी दुर्घटनामा मृत्यु भएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान समेत रहेका प्रसाइको आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।
झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्डको वालमा प्रसाईं सवार कार बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । दुर्घटनामा परी बायाँ खुट्टा तथा शरीरको भित्री भागमा चोट लागि गम्भीर घाइते भएका नेता प्रसाईको उपचारको क्रममा सवाँ १२ बजे मेची अस्पताल भद्रपुरमा निधन भएको अस्पतालले जनाएको छ ।
दुर्घटनाबाट कारको अगाडिको भाग पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
