
पूर्णपुष्टि, असार २ गते ।
आफ्नै घरमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । झक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटकी ४५ वर्षीया कल्पना गुरुङ आज बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
गुरुङ बिहान साढे ६ बजे घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मृतक गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।
