
पूर्णपुष्टि, भदौ, २२
आफ्नो काका ससुरासँग अनैतिक सम्बन्ध राख्दै आएको कुरा खुलसा भएपछि उदयपुरमा पत्रकारलाई मुद्दा परेको छ । मुद्दा आफ्नो गल्ति ढाकछोप गर्न पत्रकारलाई मुद्दा दिएको सबैको अनुमान छ । यसरी मुद्दा दिनेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने उर्मिला राउत रहेका छन् । उनले रेडियो नेपाल उदयपुर सम्वाददाता तथा निगरानी पोष्ट डटकमका सन्चालक गजेन्द्र राईलाई मुद्दा दिएका हुन् । पत्रकार राईलाई बिद्युतीय अपराध गरी आफ्नो चरित्र हत्या गरेको भन्दै मुद्दा परेको जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी प्रमुख ९एसपी० ज्ञानेन्द्र प्रसाद फुयालले बताए । एसपी फुयालका अनुसा पत्रकार राईलाई जिल्ला प्रहरी कार्यालय मार्फत साइबर ब्युरोमा उजुरी परेको छ ।

गत साउन ९ गते निगरानी पोष्ट डटकमको अफिसियल यूटुबाच्यानलमा ‘शिक्षक ससुरा र भतिजी बुहारीलाई लभ चक्करको आरोप’ भन्ने शिर्षकमा एउटा भिडियो सार्बजनिक भएको थियो । सो भिडियो बुहारी उर्मिला र शिक्षक समेत रहेका आफ्नो काका ससुरा युबराज कार्कीसँग अनैतिक सम्बन्ध रहेको स्थानीय र छिमेकीहरुले भनाई र प्रमाणको आधारमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा युवराज र उर्मिलाबिच भेटघाट र कुरा गर्न नमिल्ने स्थानीय र छिमेकीले गरेको कागज समेत सार्बजनिक भएको छ । समाचार प्रकाशन भएको यूटुबच्यानलको भिडियोमा आरोपित काका ससुरा युवराज र बुहारी उर्मिलाको समेत भनाई हेर्न सकिन्छ । युवराज रौतामाई गाउँपालिका वडा नम्वर ३ स्थित जनता माबि रसुवा लाफागाउँका राहात दरबन्दीको शिक्षक हुन् ।
यसरी भिडियो सार्बजनिक भएपछि आफ्नो बेइज्जत भएको भन्दै युवराज र उर्मिला छलफलको लागि पत्रकार महासघमा निबेदन दिईएको शाखा अध्यक्ष भरत खड्काले बताए ।
अध्यक्ष खड्काका अनुसार युवराज र उर्मिलाको निवेदन अनुसार पत्रकार राईसँग छलफल समेत भएको थियो । जसमा युवराज र उर्मिलाको माग अनुसार भिडियो सार्वजनिक भएको यूटुक च्यानलबाट उनिहरुको खण्डन समेत प्रकाशन भएको अध्यक्ष खड्काले बताए । खण्डनपछि सामाजिक सन्जालमा तर्कबितर्क र उजुरबाजुर नगर्ने सहमति समेत भएको उनले बताए । तर अहिले साईबर अपराधको मुद्दा आउदा आफु चकित भएको बताए । अध्यक्ष खड्काले नियमअनुसार पत्रकारले खण्डनको लागि दुबै जनालाई अवसर दिएका छन् । उनले यस्तो मुद्दामा पत्रकारलाई खुलेर महासंघले सहयोग गर्ने समेत बताएका छन् ।
यता पत्रकार राईले स्थानीय र छिमेकीहरुले दिएको प्रमाणको आधारमा समाचार लेखेको बताएका छन् । पत्रकार राईका अनुसार युवराज र उर्मिलालाई केहि महिना अगाडी गराएको कागजसमेत रहेको छ । सो कागनमा युवराज र उर्मिला भेटघाट र बोल्चालमा रोक लगाएको छ । पत्रकार राईले सुचना दिने स्थानीय र छिमेकीहरुसँग गुनासो राख्नु पर्नेमा आफुसँग गुनासो राखिरहेकोले आश्चर्यमा परेको बताए । यस्तो मुद्दाको कुनै तुक नभएको उनको भनाई छ । उक्त मुद्दाको सामना गर्दै अझ अनैतिक सम्बन्धबारे खोजि गर्दै जाने समेत उनले बताए ।
