Saturday, June 13News That Matters

आफू माता हु भन्दै अरुलाई बोक्सी आरोप लगाउने इटहरीकी लक्ष्मी पक्राउ

पूर्णपुष्टि, भदौ २२ गते ।
आफूलाई माता हु भन्दै अरुलाई बोक्सी आरोप लगाएर रकम असुल्ने इहरीकी एक पक्राउ परेकी छिन् । इटहरी ४ निवासी लक्ष्मी राना मगर लाई प्रहरीले पक्राउ गरेको हो । गाउँघरका महिलाहरूलाई बोक्सीको आरोप लगाउँदै बोक्सी नझारे घर मुलीको मृत्यु हुन्छ भनी डर त्रास देखाउने गरेपछि स्थानीयहरूले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।
प्रहरीका अनुसार कुनै परिवारको सदस्य घर बाहिर निस्केको बेला निजको घरमा गई बाहिरिएको सदस्य बोक्सी रहेको र अनिवार्य यसलाई झार्नुपर्ने अन्यथा घर मुलीको मृत्यु हुने भन्दै डर त्रास देखाउने गरेको उजुरी परेपछि ती महिलालाई पक्राउ गरिएको हो । गाउँका केही स्थानीयहरूबाट ती महिलाले नगद र सुनका गहनाहरू लिएको पनि खुल्न आएको छ । प्रहरीले खोज तलास गर्ने क्रममा उनलाई घर नजिकैको एक मन्दिरबाट नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेकी लक्ष्मीलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गराइ आवस्यकिय अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।