
पूर्णपुष्टि, भदौ २२ गते ।
धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । नगराइन–७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटना स्थलमा पुगी किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको प्रहरीले जनाएको छ ।
