
पूर्णपुष्टि, भदौ २२ गते ।
ईलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट फरार प्रतिवादीको खोजतलासमा खटिएको प्रहरी टोलीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ । जिल्लाको सुन्दरहरैचा नगरपालिका–७ का २३ बर्षीय दिपक चौधरी र सन्दिप चौधरीलाई अदालत बुझाएको हो ।
२०७६÷१०÷०६ गतेको फैसला आदेशले दिपकलाई जबरजस्ती करणी मुद्धामा ९ बर्ष ५ महिना ५ दिन कैद सजाय तोकिएकोमा उनी फरार रहेका थिए । २०७८÷१२÷०१ गतेको फैसला आदेशले सन्दिपलाई १ बर्ष ८ महिना १२ दिन कैद र ७५ हजार जरिवाना तोकिएकोमा उनी पनि फरार थिए । दुवैलाई सोमबार दिउँसो पक्राउ गरिएको प्ररहरीले जनाएको छ । पक्राउ परेका दुबै फरार प्रतिवादीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारगार पठाएको छ ।

