आयौ चुनाब आयौ

            कविता

  शिर्षक : आयौ चुनाब आयौ

सुरज राई
आयौ चुनाब आयौ
कतै दाजुभाई लडाएर आयौ
कसैलाई जागिर छोडाएर आयौ
कसैलाई भाग्य दोहोराएर आयौ
आयौ चुनाब आयौ राष्ट्रको ढुकुटी दोहन गरेर आयौ
उमेदवारको खल्ति स्वाहा बनाएर आयौ
कसैको लगानि र ईतिहास ध्वस्त बनाएर आयौ
आयौ चुनाब आयौ छिमेकी छिमेकी बोलचाल बन्द बनाएर आयौ
सगै हिड्ने रामे श्यामेहरु डोबाटोमा छुटाएर आयौ
चारजना छिमेकी चारै तिर फर्कीने बनाएर आयौ
आयौ चुनाब आयौ कसैलाई लाठी कसैलाई मुङ्ग्री बनाएर आयौ
छदाखादाको राजनैतिक ईतिहास त्यागी कसैलाई वागि बनाएर आयौ

                                                                                   ताप्ली गाउँपालिका -४ उदयपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0