Thursday, June 11News That Matters

आलीको आरोप : मानव अधिकार आयोगलाई माओवादीले धक्की दिने कार्य गर्यो

पूर्णपुष्टि, फागुन ३० । मानव अधिकार आयोगलाई माओवादी केन्द्रले धम्की दिने कार्य गरेको एमाले अधयक्ष केपी शर्मा ओलीको आरोप छ । ओलीले भने माओवादीले आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने कार्य गरिरहेको बताएका हुन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मानव अधिकारको रक्षाका लागि लडन पार्टीनिकट मानव अधिकार एलाईन्सलाई निर्देशन समेत दिएका छन् । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सो एलाईन्सलाई सचेत गराए ।

अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उलंघनकर्ताहरुले नै बढी मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताए ।