इटहरीमा बालविवाह गरको अभियोगमा बेहुलाबेहुलीसहित ४ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक ९
सुनसरीमा बालविवाह गरेको अभियोेगमा बेहुलाबेहुलीसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको इटहरी–२ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको थियो । चारै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट बालविवाह मुद्दामा पाँच दिन म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: