Saturday, May 30News That Matters

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई युवक पक्राउ

पूर्णपुष्टि, कार्तिक ९
प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना युवकलाई पोखराबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका–१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टलाई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
यस्तै उक्त स्थानबाट पीडित महिलाको उद्धार गरेर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ गरेका उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।