इन्सपेक्टर भनेर चिनाउने व्यक्ति लागुऔषधसहित पक्राउ

पूर्णपुष्टि, पुष १८
आफूलाई इन्सपेक्टर भनेर चिनाउने व्यक्तिसहित कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारी लागुऔषधसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका–१० को दोदापुलबाट शनिबार पक्राउ गरेको हो । उनीहरू सवार से ३ प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले भारतको बसया बजारबाट लागुऔषध खरिद गरेर ल्याएको बुझिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: