Monday, May 4News That Matters

ई–सेवाको कर्मचारी हुँ भन्दै ओटिपी मागेर १५ लाख ठगी गरेको आरोपमा ५ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक १२ । ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ठगी आरोपमा रौतहटका नवनितकुमार कुशवाहा, कन्हैयाकुमार कुशवाहा, दिपेन्द्रकुमार यादव, अभयकुमार यादव र रितेश कुशवाहालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार उनीहरुले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेका थिए ।

आरोपी पाचौं जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटका बिभिन्न स्थानबाट पक्राउ गरिएको रेग्मीले जनाए । पक्राउ परेका उनिहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।